मेरी आमा कति शिक्षित म कति अशिक्षित

  Sampatti News

April 19, 2020

आमा
म त्यो घर छाड्दाको दिन सम्झन्छु
त्यो झिसमिसे विहान सम्झन्छु
तिमिले मन अमिलो पार्दै केहि पोको कस्दै गरेको सम्झन्छु
मैले हिजो देखि नै केहि लान्न म आमा भनेको सम्झन्छु
मैलै नचाँहदा नचाॅहदै कति चिज तिमिले हाल्न भ्याएको सम्झन्छु
रातो टिका लगाई दिए पछी तिमिले सुमसुमाएको पल सम्झन्छु

आखाँ रसाउदै ओरालि झरेको त्यो बिहान सम्झन्छु
तिमिले कति समय म झरेको बाटो हेर्यौ होला त्यो सम्झन्छु
म आफ्नै कारणले शहर पसे आमा
केहि सपनाको पोका बोकेर आमा
तिमिले खेतीपातिका कुरा गर्दा आमा
म सहरको कुरा सुनाउथे
म सुख कस्तो हुन्छ त्यो सुनाउथे
तिमिले त सधै भन्थ्यौ नि आमा
यहि नङ्ग्रा खियाए भोकै मरिदैन
कहिल्यै एक्लो परिदैन

त्यो बेला तिमि भन्दा म बुझ्ने छु सोच्थे आमा
तिमिले गर्ने दुख व्यकार म सोच्थे आमा
धन कमाउन चाहन्थे म आमा
पद, प्रतिष्ठा कमाउन चाहन्थे म आमा
हो त्यहि रहर बोकेर यो सहर पसेको थिए म आमा

बर्षको एकबार तिमिलाई भेट्न जान फुर्सद हुदैन थ्यो आमा
तिमि फोहोरी, अबुझ लाग्न थालेको थियो आमा
मलाई गाऊको त्यो माटो फोहोर लाग्न थालेको थ्यो आमा
मैले शहरमा खाने खाना तिम्रोमा पाक्दैन थ्यो आमा
मेरो र तिम्रो रहन सहन भिन्न भईसकेको थियो आमा

तिमले संस्कारका कुरा गर्थ्यौ,
म सुनेर उडाउथे आमा
तिमि खेति पाति, लैनो भैसिको कुरा गर्थ्यौ
म तिमलाई असिक्षित, अबुझ सम्झन्थे आमा

एका बिहानै घार घुर पारेको त्यो पल सम्झन्छु आमा
कुडे भरिको दुध र भकारी भरिको धान सम्झन्छु आमा
तिमिले यत्ती तातो भात खा भन्दै खुवाएको सम्झन्छु आमा
मैलै डायरीमा नकोरे रै पनि हजारौ कुरा सम्झन्छु आमा

म सभ्य, शिक्षित मान्छे बन्न यो सहर पसेको आमा
सहरले मलाई सबै दिन्छ जस्तो लाग्थ्यो आमा
मैले सहरको रङ्ग देखे यहाॅको वास्तविकता भोगे आमा

आज म बन्द छु त्यो गाऊ खुल्ला छ आमा
आज यो शहर मुर्दा जस्तो छ, गाऊ जिवित नै छ आमा
गाऊमा त अईचो पैचो सबै पाईन्थ्यो नि है आमा
सहरमा त हावा, पानिको नि पैसा लाग्छ नि आमा
बाटो हिड्ने बटुवाको भोको पेट कति तृप्त गरायौ आमा
तर यहाँ अर्काको दुख कसैलाई पटक्कै बिझ्दैन आमा

म घर जाने बाटो सम्झि रहन्छु आमा
मलाई फेरि ति भिर पाखाँमा दौडिन मन लागेको छ आमा
मलाई त्यो ठेकि भरिको मोहि खान मन लागेको छ आमा
मलाई फेरि खेतका कान्ला कान्लाबाट हाम फाल्न मन लागेको छ आमा
मलाई डोको भरि फेरी घाँस काट्न मन लागेको छ आमा
मलाई ति रुखका पात पात फेरि चहार्न मन लागेको छ आमा

मलाई फेरि त्यही समय, त्यही गाऊमा पुर्याई दिए आमा
मरे पनि फेरि कुनै रहर बोकेर यो शहर फिर्ने थिईन आमा

बन्द कोठा भित्र बसे पछि बल्ल बुझे आमा
मेरो गाउ कति बिशाल र रङ्गिन, यो सहर कति सानो रङ्गहिन
मेरी आमा कति शिक्षित म कति असिक्षित।

प्रकाशित मिति:April 19, 2020