कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक

Nepal Cover
३० जेष्ठ २०७९, सोमबार
image

काठमाडौँ । कर्मचारी सन्तति छात्रवृत्तिको नतिजा सार्वजनिक भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिले पाउने शैक्षिक प्रोत्साहन वृत्तिको सूची सार्वजनिक गरेको हो ।

शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आवेदकले पेस गरेको विवरण, कागजात सम्बन्धित कलेज र अभिभावकको कार्यालयले प्रमाणित गरेको कागजात, सम्बन्धित विश्वविद्यालयबाट प्राप्त विवरणसमेतका आधारमा इन्जिनियरिङ, मानविकी, सूचना प्रविधि, विज्ञान, कृषि विज्ञान, वन विज्ञान, चिकित्सा शास्त्र, व्यवस्थापन, कानुनलगायत सङ्कायमा गरी ६९९ जनाको सूची सार्वजनिक गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख १२ गते एक सूचना प्रकाशित गर्दै १५ दिन भित्र आवेदन आह्वान गरेको थियो ।