असार १ देखि सरकारी कार्यालय समय हेरफेर, यस्तो छ नयाँ कार्यालय समय

  Sampatti News Online

June 14, 2022

काठमाडौँ । सरकारले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको छ । आइतबारको सार्वजनिक बिदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हाल परीक्षणको रूपमा लागू गरिएको हप्तामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो ।

आइतबारको बिदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जस अनुसार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरूमा आइतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० : ०० देखि अपराह्न ५ :०० बजेसम्म हुने छ ।

यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० :०० बजेदेखि अपराह्न ४ : ०० बजेसम्म हुने छ ।

त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० : ०० बजेदेखि अपराह्न ३ : ०० बजेसम्म हुनेछ ।

प्रकाशित मिति:June 14, 2022