विमानस्थलबाट ६ किलो कोकिनसहित विदेशी पक्राउ

  Sampatti News Online

June 14, 2022

काठमाडौं । ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ घण्टा नबित्दै अर्का एकजना विदेशी नागरिक ६ किलो कोकिनसहित पक्राउ परेका हुन् । आज बिहान कतार एयरलाइन्सबाट नेपाल आएका एकजना विदेशी सो लागुऔषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले विस्तृत विवरण जानकारी गराएको छैन ।

यसअघि, प्रहरीले त्रिभुवन विमानस्थलबाट आइतबार र सोमबार २४ किलो कोकिन बरामद गरेको गरेको थियो ।

प्रहरी स्रोतका अनुसार आइतबार १६ केजी कोकिनसहित दक्षिण अफ्रिकाका दुई नागरिक पक्राउ परेका थिए । सोमबार आठ किलो कोकिनसहित एकजना पक्राउ परेका हुन् । उनी दुबईबाट काठमाडौं आएका थिए ।

यसअघि, ब्युरोले ०७९ वैशाख ३ गते दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट काठमाडौंमा ल्याइएको सात किलो सेतो हेरोइनसहित एक जनालाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:June 14, 2022