विमानस्थलबाट गोली सहित महिला पक्राउ

  Sampatti News Online

June 15, 2022

काठमाडौँ । प्रहरीले विमानस्थलबाट गोली सहित एकजना महिलालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउन्ड गोलीसहित एक महिला पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्योण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका ७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिएर आएको झोला ह्यालण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले बताएको छ ।

प्रकाशित मिति:June 15, 2022