सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा मोहनकृष्ण सापकोटा नियुक्त

  Sampatti News Online

June 15, 2022

काठमाडौं । सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा मोहनकृष्ण सापकोटा नियुक्त भएका छन् । सरकारले पुर्व गृहसचिव सापकोटालाई सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरेको हो ।

वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पुर्व सामान्य प्रशासन तथा गृह सचिव सापकोटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

सापकोटाले यो भन्दा अगाडि पुर्व गृहसचिवको रुपमा काम गर्दै आएका थिए । पर्यटन ,सार्वजनिक खरिदको कार्यालय देखी विभिन्न मन्त्रालयहरुमा काम गरिसकेका सापकोटालाई हाल सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितीको अध्यक्षमा नियुक्त गरिएको हो । प्रशासन क्षेत्रको प्रखर ब्याक्तित्वको नियुक्तिले यो क्षेत्र चासो राख्ने ब्यक्तिहरुले खुशी व्यक्त गरेका छ्न ।

प्रकाशित मिति:June 15, 2022