काम नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा

  Sampatti News Online

June 16, 2022

काठमाडौँ । २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका हुन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धता बमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

प्रकाशित मिति:June 16, 2022