हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने (सूचनासहित)

  Sampatti News Online

June 16, 2022

काठमाडौँ । हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको छ । काठमाडौँ महानगरपालिकामा हाजिर नगर्ने कर्मचारीको तलब कटौती गरिने भएको हो ।

कार्यालय समयमै उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती हुने भएको हो ।
महानगरले आज (बिहीबार) एक सूचना जारी गर्दै यस्तो बताएको हो । महानगरको हाजिर हेर्न वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको महानगरको सूचनामा बताइएको छ ।

विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिँदै अन्यथा असार महिनाको तलब नबन्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति:June 16, 2022