राजस्व अनुसन्धान विभागका नवनियुक्त महानिर्देशक झलकराम अधिकारीद्दारा पदभार ग्रहण

  Sampatti News Online

June 16, 2022

काठमाडौं । राजस्व अनुसन्धान विभाग महानिर्देशकमा सहसचिव झलकराम अधिकारीले जिम्मेवारी पाएका छन् । अधिकारीले हिजो पदभार ग्रहण गरेका हुन् ।

महानिर्देशकबाट प्रकाश पौडेल बिदा भएसँगै सो जिम्मेवारीमा अधिकारी आएका हुन् । पौडेल महानिर्देशक बनेको आठ महिना नपुग्दै सरुवा भएका हुन् ।

उनी सञ्चार मन्त्रालय जाने तयारी गरेका छन् । अधिकारी भने यसअधि चार महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसेका थिए ।

अघिल्लो हप्ता मात्रै अधिकारीको संघीयबाट मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । कार्यालयले अधिकारीलाई महानिर्देशकको जिम्मेवारी पाएसँगै कार्यभार सम्हालेका हुन् ।

अधिकारी यसअघि वातावरण विभागका महानिर्देशक भैसकेका छन् । यस्तै तालिम केन्द्रका प्रमुखका रुपमा पनि काम गरिसकेका छन् । उनले ठूला करदाता कार्यालयको प्रमुख भएर काम गरिसकेका छन् ।

प्रकाशित मिति:June 16, 2022