तारागाउँ विकास समितिको सदस्यसचिवमा थापा नियुक्त

  Sampatti News Online

June 17, 2022

काठमाडौं । तारागाउँ विकास समितिको सदस्यसचिवमा डोटीको जोरायल गाउँपालिका–५ कामहेन्द्र थापा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई सदस्यसचिवमा नियुक्त गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त समितिमा विगत केही महिना यतादेखि अध्यक्ष तथा सदस्यसचिव पद रिक्त थियो ।

उक्त समितिमार्फत नेपाली कला, संस्कृति र सौन्दर्य अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने, पर्यटकीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय सेवालाई गुणात्मक बनाउन तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने, सम्भाव्य ग्रामीण पर्यटकीय स्थलहरूको अध्ययन अनुसन्धान गर्ने, ग्रामीण पर्यटन पूर्वाधारको विकास र विस्तार गर्ने लगायत गतिविधिहरु भइरहेका छन् ।

प्रकाशित मिति:June 17, 2022