अकस्मात भारतीय स्पाइस जेटको विमानमा आगलागी भएपछि…

  Sampatti News Online

June 19, 2022

एजेन्सी । भारतीय स्पाइस जेटको विमानमा आगलागी भएको छ । आइतबार एसजी ७२३ विमानको इन्जिनमा पटना विमानस्थलबाट राजधानी दिल्ली जाने क्रममा आगलागी भएको थियो ।

यद्यपी उक्त विमानमा आगो लागेपछि सुरक्षित अवतराण गरिएको थियो । आगो लागेकाले विमानबाट धुवा निस्किएको थियो ।

आइतबार बिहान ११ बजेर ५५ मिनेटमा उडेको थियो । १२ बजेर २० मिनेटमा आगो लागेको थियो । तर १० मिनेटपछि विमान चालकले सुरक्षित वतरण गरेको एजेन्सीले जनाएको छ ।

सो विमानमा १८५ जना यात्रुहरु सवार रहेका थिए । हालसम्म कुनै पनि यात्रु घाइते भएको सूचना आएको छैन ।

प्रकाशित मिति:June 19, 2022