दुई जिल्लामा नयाँ प्रजिअ

  Sampatti News Online

June 20, 2022

काठमाडौँ । दुई जिल्ला प्रशासन कार्यालयमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाइएको छ ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीको प्रजिअमा कल्पना श्रेष्ठ र रुकुम (पूर्व) मा तुलराज सुनुवारलाई खटाइएको हो ।
मन्त्रालय स्रोतका अनुसार रुकुम (पूर्व) का प्रजिअ कृष्ण बहादुर खड्काले उपचार गर्नुपर्ने भएकोले केही महिना बिदा लिएको र डोटीका प्रजिअ शङ्कर बहादुर विष्टले राजीनामा दिएसँगै रिक्त पदमा नयाँ प्रजिअ पठाएको हो ।

सहसचिव श्रेष्ठ केही दिन अघि मात्रै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृहमा आएकी थिइन् भने सुनुवार अध्यागमन विभागमा कार्यरत थिए ।

प्रकाशित मिति:June 20, 2022