सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रने राहत शिक्षकको चेतावनी (विज्ञप्तिसहित)

  Sampatti News Online

June 22, 2022

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेसागत स्थायित्वको पनि माग गरेका छन् ।
माग पुरा नभए आक्रमक ढंगले सडकमा उत्रने चेतावनी दिएका छन् ।

यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन् ।

आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रकाशित मिति:June 22, 2022