४१ शिक्षकको बढुवा

  Sampatti News Online

June 23, 2022

काठमाडौँ । शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको निर्देशनालयले जानकारी दिएको छ । बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको हो ।

बढुवा उपर चित्त नबुझे ३५ दिनभित्र शुल्क तिरेर निर्देशनालयमा उजुरी दिन सकिने पनि निर्देशनालयले जानकारी दिएको छ ।

लमजुङमा माध्यमिक तहतर्फ पहिलो श्रेणीमा एक जना शिक्षक बढुवा भएका छन् ।

स्याङ्जामा निमावितर्फ पहिलो श्रेणीका तीन जना शिक्षक बढुवा भएका छन् भने मावितर्फ दुई शिक्षक बढुवा भए ।

बागलुङमा मावितर्फ दुई र निमावितर्फ दुई शिक्षक बढुवा भएका हुन्। तनहुँमा निमावितर्फ तीन शिक्षक बढुवा भए । मावितर्फ पनि तीन शिक्षक बढुवा भएका छन् ।

गोरखाका निमावि दुई शिक्षक बढुवा भएका छन् । नवलपरासी सुस्ता पूर्व मावितर्फ एक शिक्षक मात्रै बढुवा भए । म्याग्दीमा निमावितर्फ एक, मावितर्फ दोस्रो श्रेणीका तीन शिक्षक र प्रावितर्फ पहिलो श्रेणीका तीन शिक्षक बढुवा भएका छन् ।

पर्वतमा मावितर्फ एक र निमाविमा दुई शिक्षक बढुवा भएको निर्देशनालयले जनाएको छ । कास्कीमा मावितर्फ पाँच शिक्षक बढुवा भएका छन् ।

मुस्ताङमा निमावितर्फ दोस्रो श्रेणीका दुई शिक्षक र मावितर्फ दुई जना नै बढुवा भएका छन् । मनाङमा निमावितर्फ तीन जना शिक्षक बढुवा भएका छन् ।

प्रकाशित मिति:June 23, 2022