नागरिकता विधेयक पारित गर्नुपर्छ । सभामुख सापकोटा

  Sampatti News Online

June 26, 2022


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

आज,आइतबार । बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘पत्रहरु’ आएका छन् बताए । दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठ वटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ, उनले भने, प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो । संसद्लाई जीवन्त बनाउने सङ्कल्प हामीले लिएका छौँ ।’

उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । ‘कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि हाम्रो दायित्व हो, ’ सभामुख सापकोटाले भने, ‘हाम्रो कुनै स्वार्थ छैन, मात्र देशको सुशासन कायम गर्ने कानुन निर्माण गर्ने हो ।’

प्रकाशित मिति:June 26, 2022