विद्रोह नगरेको भए एमसीसी जस्ताको तस्तै पास हुन्थ्यो । अध्यक्ष नेपाल

  Sampatti News Online

June 26, 2022


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन जस्ताको तस्तै पास हुनबाट आफूले रोकेको बताएका छन् ।

आइतबार आफ्नो पार्टीको भात्री संगठन अखिल नेपाल महिला संघ समाजवादीले आयोजना गरेको कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस र नेकपा एमाले एमसीसीलाई जस्ताको तस्तै पास गर्ने पक्षमा थिए । हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएपछि त्यसको विरोध गर्यौं । माओवादी पनि विपक्षमा उभियो,’ नेपालले भने, ‘हाम्रो अडानले व्याख्यात्मक घोषणा गरेर पास गर्न सफल भयौं ।

एकस्कृत समाजवादी जहिल्यै पनि जनता र राष्ट्रको पक्षमा उभिने छ। नेपालको भनाइ थियो ।

प्रकाशित मिति:June 26, 2022