लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन प्रस्तुत

Nepal Cover
१२ असार २०७९, आईतवार
image


प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेश गर्नुभएको हो । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।