विभिन्न मुलुकमा अलपत्र कामदारकाे उद्धार

  Sampatti News Online

June 26, 2022


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सरकारले विशेष ध्यान दिने बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वृद्धिसँगै यस क्षेत्रमा देखिएका विकृतिको अन्त्यका लागि अनलाइन प्रणालीबाट श्रम स्वीकृति दिन थालिएको र गुनासा तत्काल सम्बोधनको व्यवस्था गरिएको स्पष्ट गर्नुभयो । तोकेभन्दा बढी रकम लिने म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याई पीडित श्रमिकलाई राहत दिइएको, वैदेशिक रोजगार हेर्नेगरी अलग्गै प्रहरी युनिट खडा गर्ने तयारी भएको, पीडितलाई क्षतिपूर्ति दिनेक्रम जारी रहेको अवगत गराउनुभयो ।

प्रकाशित मिति:June 26, 2022