खेम राज खनाल
जनकपुर । धनुषा केन्द्रमा मिति २०७९/०३/०५ गतेबाट संचालित सिमावर्ती अपराध अनुसन्धान (जु.प्र.अरप्र.ह.रप्र.ज.) तालिम दशौं समुहको मिति २०७९ असार १२ गते मधेश प्रदेश तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री रबिन्द्र के.सी. को प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।