१४ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Nepal Cover
१३ असार २०७९, सोमबार
image

काठमाडौँ । उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल छन् । किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।