गाउँपालिकाका कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला

Nepal Cover
१३ असार २०७९, सोमबार
image

काठमाडौँ । एकजना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन् । कैलालीमा एक जना कर्मचारी हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका हुन् ।

डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरीमा घाइते अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
लिफ्ट मागेर आएका तीन जनाले गोदावरी आइपुगेपछि कुटपिट गरेर गाडी लगेको बताइएको छ ।

घाइते भण्डारीको उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको प्रहरीले बताएको छ ।