अदालतका कर्मचारी १५ हजार घुससहित पक्राउ

  Sampatti News Online

July 1, 2022

गोरखा । गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिंदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए ।

घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।

प्रकाशित मिति:July 1, 2022