पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि

  Sampatti News Online

July 1, 2022

काठमाडौँ । देशमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:July 1, 2022