जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि कार्यकक्षमै दुर्व्यवहार

  Sampatti News Online

July 1, 2022

काठमाडौं । समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

अखिल (क्रान्तिकारी) को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् ।

पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।

प्रकाशित मिति:July 1, 2022