अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  Sampatti News Online

July 4, 2022


काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गते आजदेखि सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू। १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा वितरण गर्न लागेको रू। १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटोमा असार २३ गतेसम्मको मिति तय गरिएको यो आईपीओ सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन २ गतेसम्म विक्रीमा रहनेछ । तर पछिल्लो समय सर्वसाधारणमा निष्कासन भएको आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा छिटो अवधिसम्म मात्र यो आईपीओ विक्रीमा रहने सम्भावना देखिन्छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ

प्रकाशित मिति:July 4, 2022