संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् धिरज प्रताप सिंहज्यूसँग अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९० औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न।

Nepal Cover
२२ असार २०७९, बुधबार
image

खेम राज खनाल

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा मिति २०७९ जेठ १२ गतेदेखि सञ्चालित अपराध अनुसन्धान तालिम ९० औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको आज संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको अपराध अनुसन्धानको सम्बन्धमा उठाएका जिज्ञाशाहरुको सम्बोधन गर्दै प्रशिक्षणको दौरानमा हासिल गरेका ज्ञान, सीप तथा कौशललाई कार्यक्षेत्रमा व्यवहारमा लागु गर्न निर्देशन दिनु भएको थियो भने कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यज्यूले व्यस्तताको बाबजुट पनि उपस्थित भई प्रशिक्षार्थीहरुलाई दिनु भएको महत्वपूर्ण निर्देशन सम्बोधनको लागि प्रमुख अतिथिमा हार्दिक धन्यवाद् ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङज्यू, प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीज्यू, प्रहरी उपरीक्षक सविन प्रधानज्यू लगायत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका सिनियर प्रहरी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो ।