बस मर्मत गर्ने क्रममा सहचालकको मृत्यु

  Sampatti News Online

July 10, 2022


बस मर्मत गर्ने क्रममा सोही बसले किचेर आज एक जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वाडा नं.– २४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो । बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । अहिले बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति:July 10, 2022