सरकार कसले चलाउदैहुन्छ

  Sampatti News Online

July 11, 2022

२७ आषाढ काठमाडौँ — एमाले अध्यक्ष केपी ‌ओलीले सरकार संचालनमा प्रधानमन्त्री भन्दा बाहिरिया बसेका मानिसहरु हाबी रहेको संकेत गरेका छन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै जसले चलाए पनि सेटिङ र मुलुकलाई अर्को तिर लैजाने केन्द्रित रहेको उल्लेख गरे । सोमबार सम्पादकहरुसँग अन्तरक्रिया गर्दै ओलीले भने सरकार सर कि म्याडमले चलाउनु हुन्छ, दिदीले चलाउनुहुन्छ, कि भाईले चलाउनुहुन्छ जसले चलाए पनि चलाएको त यही होला ।
उनले नेपालको राजनीतिलाई स्थिरतातर्फ होइन अस्थिरतातर्फ धकेल्ने अस्वस्थ्य खेल भएको र त्यसकै परिणाम अहिले भोग्नुपरिरहेको उल्लेख गरे । उनले सरकारका कामकारबाहीले गर्दा अहिले ठूलो विकृत्ति बढेको उल्लेख गरे । उनले बजेटमा बाहिरिया व्यक्ति प्रयोग गर्ने लगायतका उदाहरण दिए ।

प्रकाशित मिति:July 11, 2022