मोटरसाइकल दुर्घटनाबाट युवकको मृत्यु

  Sampatti News Online

July 12, 2022


रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । प्रमुख केसीका अनुसार लु ४० प ५९८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएका छन् ।

बिहान ५ः१० बजेको समयमा दुर्घटनाबाट गम्भीर घाइते भएका केवटको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:July 12, 2022