नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई बढुवा

  Sampatti News Online

July 18, 2022

नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएका छन् । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेका छन् ।
बढुवा हुनेमा अधिकांश प्रहरी सहायक निरीक्षक हुनुहन्छ, प्रहरी सेवामा प्रवेश गरेको ‘विभागीय’ टोली छन् । बढुवाको तीब्र प्रतिस्पर्धामा रहेका पिजी–७ औं समूहका इन्स्पेक्टरहरू बढुवामा छुटेका छन् । १५ वटा दरबन्दी रिक्त राखेर प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।
२०७० चैत ९ मा भर्ना भएका प्रहरी निरीक्षकहरूले अस्वस्थ प्रतिस्पर्धा गरेपछि उनिहरुलाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले बताएका छन् । पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स (पिजी–७) कोर्स गरेका अधिकृतहरूले आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाव गराएर बढुवा हुने प्रयास गरेका थिए ।

१४५ जना भर्ना भएका सो समूहबाट १५ जनालाई मात्रै बढुवा गर्न करिअर प्लानमा असर पर्ने हुनाले उनिहरुलाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । बिए पास नगरेका, कारबाहीमा परेका र आधारभूत तालिम नगरेकाहरु बढुवामा छुटेका छन् ।

प्रकाशित मिति:July 18, 2022