July 20, 2022
नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी)को वकालत गरिरहेको भन्दै यसको अनुसन्धान गर्नका लागी राष्ट्रिय सभामा कुरा उठेका छन् । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विमला राई पौड्यालले एसपीपीमा सेनाका निवृत्त अधिकारीको संलग्नता रहस्यमय रहेको बताएकी हुन् ।
‘एसपीपीको पत्राचार गर्दा सेनाबाट राजनीतिक नेतृत्वहरु बेखबर भएको देखिन्छ, जुन डरलाग्दो कुरा हो । यसलाई हामी कसरी सुधार गर्दैछौं कि यतिधेरै पत्राचार हुँदा पनि परराष्ट्र बेखबर रहेकाले कसरी सेन्टरमा राख्न सक्छौं ? त्यसमा के सुधार गर्यौं ? सांसद पौड्यालले भनिन्, ‘अहिले आएको एसपीपीको ड्राफ्ट कहाँबाट आयो ? कसले ल्यायो रु कसले गरेको थियो ? अहिलेसम्मको कुरा आएको छैन ।’
सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पको समयमा एउटा परिस्थितिमा पत्राचार गरेपनि सरकार फेरिएपछि सेनाले राजनीतिक नेतृत्वसँग छलफल नै नगरी अमेरिकालाई पत्राचार गरेको उनले बताइन् ।
सांसद पौड्यालले अमेरिकामा ग्रीनकार्ड लिएर बसेका सेनाका अवकाशप्राप्त अधिकारी नै एसपीपीको वकालतमा लाग्नु डरलाग्दो विषय भएको भन्दै छानबिन गर्न माग गरिन् ।
‘एसपीपीसँग लुकेको कुरा, मैले सुनेको समाचार असत्य होस् । नेपाली सेना अहिलेसम्म निर्विवाद छ । तर, सेनाका उच्चपदस्थ अधिकारी कि आफ्नो ग्रीनकार्डमा या परिवारको ग्रीनकार्डमा अमेरिका बस्छन् । एसपीपीमा अवकाशप्राप्त उच्चपदस्थ सेनका अधिकारीले धेरै छलफलमा भाग लिएको देखिन्छ । त्यसैले यो अनुसन्धानको विषय बन्नुपर्छ । बहुत डरलाग्दो विषय भएकाले रक्षामन्त्रीको हैसियतमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ राष्ट्रिय सभामा मनोनित सांसद पौड्यालले भनिन् ।
चर्को विरोधपछि सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो । तर अमेरिकालाई यस सम्बन्धमा पत्राचार नभएकाले कुनै पनि बेला ब्युँतिन सक्ने भन्दै सांसदहरूले प्रश्न
प्रकाशित मिति:July 20, 2022
November 24, 2024