काठमाडौं उपत्यका भित्र चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो

  Sampatti News Online

July 22, 2022


बागमति प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । बाग्मति प्रदेश सरकारले राजपत्रको सुचना प्रकाशित गर्दै बिहीबारदेखि नै लागु हुनेगरी काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।

नयाँ भाडादर अनुसार ५ किलोमिटरको दुरीसम्म २० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी, १० किलोमिटरसम्म २७ रुपैयाँ, १५ किलोमिटरसम्म ३२ रुपैयाँ, २० किलोमिटरसम्म ३५ रुपैयाँ र २० किलोमिटरदेखि माथि ४० रुपैयाँ भाडादर तोकिएको छ ।
यसअघि ५ किलोमिटरसम्म २० रुपैयाँ थियो भने १० किलोमिटरसम्म २५, १५ किलोमिटरसम्म ३०, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ कायम थियो ।

बागमति प्रदेश सरकारले बागमति प्रदेशभित्रै चल्ने सवारीसाधनको भाडादरमा ८ प्रतिशतले वृद्धि गरेको छ ।

प्रकाशित मिति:July 22, 2022