नेपाल जापान श्रम समझदारीपत्र हस्ताक्षर अन्तिम चरणमा

  Sampatti News Online

August 5, 2022

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रम लाई जापानको रोजगारीमा जोडदा नेपालीहरुको हितमा प्रयोग गर्न मन्त्रालयको तर्फबाट सचिब एकनारायण अर्यालको अध्यक्षतामा सयुक्त दोश्रो बैठक काठमाडौमा बस्यो।
नेपाली श्रमिकहरुको आत्मसम्मान बढाउनका निम्ति पनि मन्त्रालयका सचिब अर्याल सबै पक्ष सग छलफल गरि यो थालेको काम पूरा गराउन लाग्नुभएको छ।


बैठकले यो अभियान पूरा गराउनका निम्ति सहसचिव राजिब पोख्रेलको संयोजकत्वमा सबै मन्त्रालयका तर्फबाट समितिमा सहभागी गराइ जापानको प्रतिनिधिमण्डलका तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावा समेत रहनुभएको बताइएको छ।
मन्त्रालयले थालेको यो बैठक पछि दुवै देशका कानुन अध्यन गरि बढी भन्दा बढी श्रमिकको हितमा हुनेगरी काम अगाडि बढाउने बैठकको निष्कर्ष रहेको बताइको छ।
स्मरणीय रहोस् सचिब अर्याल श्रम मन्त्रालयमा आए सगै कामले गतिलिएको मन्त्रालयका गतिविधि नियाल्ने श्रमिकहरुले समेत बताउन थालेका छन।।

प्रकाशित मिति:August 5, 2022