गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत “डा.भीम रावल”

Nepal Cover
२० श्रावण २०७९, शुक्रबार
image

२० साउन, काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद डा.भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै पनी सता गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता भीम रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताएका छन् ।
उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत हो भएको बताए ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहीन दिशातर्फ धकेल्ने कार्य गरेको हो । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ ।

पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरीत सिद्धान्त हुँदा हुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छन् ।अहिले जो जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ ।’ उनले भने, ‘उहाँहरुले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरुले यो दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरुको प्रतिवद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरुले स्मरण गर्नुपर्छ । ’

उनले नेकपा एमालेको समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।