शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध

  Sampatti News Online

August 5, 2022


तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई मार्का भएको छ । शालिग्राम करिडोरअन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।

सोमबारदेखि परेको वर्षाका कारण उक्त खण्डको देवपुर साउने, साँढेबर, बेलस्वाँरा, कालिकाटार, कोटा, खाल्टे लगायतका ठाउँमा पहिरो खसेको छ । पहिराले सडक अवरुद्ध भएसँगै यातायात पूर्ण रुपमा बन्द भएको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएसँगै कामका लागि देवघाट जानुपर्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सडक खुलाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले चारदिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएकोबारे आफूहरु जानकार रहेको भन्दै बाटो सफाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउतीखोलाबाट बाटो सफाईको काम थालिएको छ भने प्राविधिक टोलीसँगै पहिरो गएका ठाउँको निरीक्षण गर्दै भोलिदेखि सफाइको कामलाई तीव्रता दिइनेछ ।

प्रकाशित मिति:August 5, 2022