सिडिओ उपाध्यायले गरे फरक काम, राखे नाम

Nepal Cover
२२ श्रावण २०७९, आईतवार
image

ललितपुर । कति प्रजिअ ललितपुर आएगए धेरैलाई मेसो छैन।तर वरिष्ठ सहसचिव घनश्याम उपाध्यायले ललितपुर प्रजिअको जिम्मेवारी पाएको धेरै भएको छैन तर सम्झन योग्य कामहरू भने धेरै भएका छन।
उपत्यकाको भित्र भएर पनि साधन श्रोतको कमिले गर्दा प्रशस्तै काम गर्ने उर्जा बोकेर जिल्ला प्रवेश गरेका धेरै प्रजिअहरु अनुभव मात्रै बटुलेर सरुवा हुनुभयो तर सहसचिव उपाध्यायले भने काम गर्ने इच्छाशक्ति अगाडि कुनै बहाना टिकिराख्न सक्दैन भने झै नागरिकको नागरिकतालाई सबैभन्दा पहिला सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई प्राथमिकता राखेर ललितपुर जिल्ला प्रशासन कार्यालयको इतिहासमा पहिलो पटक नागरिकता अभिलेख सुरक्षित राख्ने काम गराउन सफल हुनुभएको छ।

हरेकदिन प्रजिअ उपाध्याय प्रत्येक शाखामा सेवाग्राही जस्तै बनेर छिर्ने मात्रै गर्दैनन सेवाग्राही लाई झन्झटिलो बनाउने दुख दिने गरेको बुझे थाहा नै नदिइ ती आफनै कर्मचारीलाई आन्तरिक सरुवा गर्दिहाल्ने उहाँको आन्तरिक अनुगमनले सेवाग्राही लाभान्वित भैरहेको सजिलै देख्न सकिन्छ । सरल ढंगले सेवाग्राही माझ आफै जिल्ला प्रशासनको कार्यसम्पादनका बारेमा प्रतिक्रिया माग्ने उहाँको यो शैली पनि सेवाग्राहीले नयाँ पाइएका छन। सेवाग्राही माझ घुलमिल हुने उहाँको स्वाभाब साच्चै लोभलाग्दो छ। छिमेकी जिल्ला काठमाडौ फोहोरको ढङुरले अस्तब्यस्त छ।

तर ललितपुर भित्र फोहोर कतै देखिदैन।यो के चमत्कार हो ललितपुर उपमहानगरपालिकाका एक कर्मचारीले भने यो सब सोडिओ सापको भुमिकाले हामीले फोहोरको झन्झट ब्यहोर्नु परेको छैन जस पाइरहेका छौ।यस्ता जनमुखी दर्जनौं काम गर्न सफल प्रजिअ उपाध्याय प्रचारप्रसारमा ध्यान नै दिदैन।

संचारकर्मिले सोधे कोशिश गर्ने हो सर प्रयासरत छौ सबैको सहयोग आवस्यक छ भन्नुहुन्छ ।उहाँलाई प्रचार भन्दा काममा परिणाम कसरी निकाल्न सकिन्छ भन्ने मान्यताले पिरोल्ने गरेको जिल्ला प्रशासन ललितपुर पुग्ने जो कोहिले पनि सजिलै बुझ्न सक्छ।

बजारमा आजभोलि प्रजिअ बन्न शक्तिकेन्द्र धाउने लर्को लाग्नेहरुलाइ जिम्मेवारी दिने निकायले काम गर्न सक्ने पृष्ठभुमि हेरेर जिम्मेवारी दिने हो भने अरु घनश्यामहरु पनि सेवाग्राहीले पाउन सक्छ्न कि ? सोच्नु पर्ने भएकोछ।