२९ वर्षपछि एकजना अभियुक्त पक्राउ

  Sampatti News Online

August 12, 2022

नुवाकोट । अदालतले कैद सजाय तोकेको २९ वर्षपछि एकजना अभियुक्त पक्राउ परेको छ। नुवाकोट जिल्ला अदालतले एक मुद्दामा कैद सजाय तोकिएका एक युवकलाई झण्डै तीन दशकपछि प्रहरीले पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएका छन्।

अदालतले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत नुवाकोटको लगत नं. ६२१ मा गत २०५० साल पुस १९ गतेको फैसलाले २ वर्ष ६ महिना कैद सजाय फैसला भएकोमा त्यस बेलादेखि नै फरार रहेको एक युवकलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।

घटनापश्चात् फरार रहेका नुवाकोटको उत्तरी भेगको दुप्चेश्वर गाउँपालिका–७ का ५६ वर्षीय ध्रुव नेपालीलाई २९ वर्षपछि पक्राउ गरी फैसला कार्यान्वयनका लागि नुवाकोट जिल्ला कारागार ढुंगे चलान गरिएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।

यसैगरी, सवारी ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालत बिदुरको लगत नं. १६१० मा एक महिना कैद सजाय फैसला भएकोमा घटनापश्चात् फरार रहेका अर्का एक जना युवकलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। नुवाकोटकै पुर्वी भेगमा रहेको पञ्चकन्या गापा ३ का ३९ वर्षीय रामकुमार भण्डारीलाई बिहीबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय ढुंगे नुवाकोट चलान गरिएको डीएसपी खड्काले बताए।

प्रकाशित मिति:August 12, 2022