स्थानीय निर्वाचन निर्वाचनपछि धनुषामा १२ हजार नयाँ मतदाता थपिए

  Sampatti News Online

August 12, 2022

धनुषा । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएको छ । जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् ।
थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म धनुषामा ४ लाख ६७ हजार ३८८ मतदाता रहेका थिए । स्थानीय तहको निर्वाचनपछि जिल्लामा फोटोसहितको मतदाता नामावली बन्द गरिएका थिए । त्यसपछि गत १ असारदेखि पुन नयाँ मतदाता नामावली संकलन गरिएको थियो ।
अहिले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा भएपछि पुनः मतदाताको नामावली संकलन कार्य बन्द भएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयमा २ हजार ५३९ पुरुष र १ हजार ४७४ महिला गरी कूल ४ हजार १३ , जिल्ला निर्वाचन कार्यालयमा ३ हजार ११८ पुरुष र २ हजार ६७७ महिला गरी कूल ५ हजार ७९५ र इलाका प्रशासन कार्यालय यदुकोहामा १ हजार ३४१ पुरुष र १ हजार ४५ महिला गरी २ हजार ३८६ नयाँ मतदाता थपिएका हुन् ।

कुल मतदाताको संख्या आयोगले रुजु गरेपछि मात्रै एकिन हुने अधिकारी राउतले बताए ।

प्रकाशित मिति:August 12, 2022