४० दल निर्वाचन आयोगका दर्ता

  Sampatti News Online

August 14, 2022

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबारसम्म ४० दल निर्वाचन आयोगका दर्ता भएका छन् ।

आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेका छन् । नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी लगायत प्रमुख दलले दल दर्ता गराएको आयोगले जानकारी दिएको छ ।

नेपाली काँग्रेस र माओवादी केन्द्रले हालसम्म दर्ता गराएका छैनन् । हाल निर्वाचन आयोगले सार्वजनिक बिदाका दिनमा पनि काम गर्दैै आएको छ ।

प्रकाशित मिति:August 14, 2022