प्रचण्डले बाबुरामलाई पाँच दलीय गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता

Nepal Cover
२९ श्रावण २०७९, आईतवार
image

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुमलटार पुगेका हुन्।

आज बिहान खुमलटारमा दुई नेताबीच एक्ला एक्लै वार्ता भएका छन्। उक्त वार्तामा प्रचण्डले बाबुरामलाई पाँच दलीय सत्ता गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता जनाएको स्रोतले जनाएको छ।

अध्यक्ष प्रचण्डले एउटै चुनाव चिह्नमा लड्ने गरी डा. भट्टराईलाई सत्ता गठबन्धनमा ल्याउने प्रतिवद्धता जनाउएको एक नेताले बताए । यसअघिको भेटमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । तर आइतवार दुई नेताबीच एक्ला एक्लै वार्ता भएका थिए।

सोमबार बस्ने सत्ता गठबन्धनको बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ। बाबुराम सत्ता गठबन्धनमा सहभागी भएपछि माओवादी र समाजवादीको एउटै घोषणापत्र र चुनाव चिह्न हुनेछ। अब बाबुरामले माओवादीकै चिह्नबाट आगामी निर्वाचनमा लड्ने समझदारी बनेको बताइएको छ।

यसबारे थप गृहकार्य गर्ने सहमतिसहित दुई नेताहरुको बैठक सकिएको छ। जनता समाजवादी पार्टीबाट बिदा भएपछि बाबुराम अहिले नयाँ पार्टी खोलेर राजनीतिक अभियानमा छन्।