दाहा र बाबुराम उएटै चुनाव चिह्नबाट लड्न तयार

  Sampatti News Online

August 14, 2022

काठमाडौं । आईतबार बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको हो । नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएको छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । उनीहरु ६ वर्षपछि एउटै पार्टीबाट चुनाब लड्न लागेका हुन् ।

दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति पनि भएको छ । यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन भने बाँकी छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसकेका छन् ।

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

२०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेको थियो ।

प्रकाशित मिति:August 14, 2022