प्रतिनिधि सभाको बैठक अब मंलबार बस्ने

  Sampatti News Online

August 14, 2022

काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक पर्ने सङ्ख्या नपुगेपछि स्थगित भएका छन् ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिनुभएको थियो ।
गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो ।

अर्को बैठक मंलबार बस्ने छ ।

प्रकाशित मिति:August 14, 2022