एक युवकमाथि गोली प्रहार

  Sampatti News Online

August 15, 2022

रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएको छ।

घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएको प्रहरीले जनाएका छन् ।
मोटरसाइकल सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले हिजो राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेर त्यहां बाट फरार भएको प्रहरीले जनाएको छ ।

गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:August 15, 2022