नागरिकता विधेयक जस्ताको तस्तै पेश होला ?

  Sampatti News Online

August 15, 2022

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक आगामी संसद बैठकमा पेश हुन सक्छ स्रोत बताउँछ । संसदको बिजनेस दिने काम सरकारको भएकोले अबको बैठकमा राष्ट्रपतिबाट फिर्ता गरिएको विधेयक पेश गर्ने कार्यसूची बनाउन सक्ने स्रोतको दाबी छन् ।
तर संसदमा पेश गर्नुभन्दा अघि पाँच दलीय गठबन्धनबीच सहमति खोजिने छ। यसबारे गठबन्धनका पाँच दलले बैठक बसेर निर्णय गर्नेछन्। गठबन्धनको बैठकमा निर्णय गरेर सुझाव दिएपछि मात्र सरकारले विधेयक फेरि संसदमा पेश गरेर सभामुख अग्निप्रसाद सापकोटाबाट प्रमाणित गराउने तयारी रहेको स्रोतको दाबी छ ।

कानुनमन्त्री कोइरालाले यो विधेयक फेरि संसदमा अगाडि बढाउने गरी सरकारबाट प्रस्ताव ल्याउन सक्छन्।

स्रोतले भन्यो ‘यो विद्येयकका विषयमा राष्ट्रपतिबाट प्राप्त सुझावलाई ग्रहण गरेर केही संशोधन वा परिमार्जन गर्ने कि हुबहु पठाउने त्यो सरकारको कुरा हो ।’ अब बस्ने संसद बैठकअघि संसदको कार्यसूची तय हुने संसद सचिवालय स्रोत बताउँछ ।

अर्को,कार्यसूची तय गर्न सभामुखले दलहरुबीच छलफल गर्ने अभ्यास पनि छ। प्रतिनिधि सभाबाट ८ साउनमा र १२ साउनमा राष्ट्र सभाबाट पारित नागरिकता विधेयकलाई १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए। तर साउन २९ (हिजो) १५ दिन रोकेर राष्ट्रपतिले विधेयक फिर्ता गरेकी हुन् ।

संविधानमा राष्ट्रपतिले एक पटक मात्रै विधेयक संसद फिर्ता पठाउन सक्ने व्यवस्था छ। दोस्रो पटक शीतल निवास पठाएको विधेयक राष्ट्रपतिले फिर्ता पठाउन पाउने छैनन्।

प्रकाशित मिति:August 15, 2022