रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट

Nepal Cover
३ भाद्र २०७९, शुक्रबार
image

व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी लग्दा करिब रु तीन लाख मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो ।

व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो ।