भारी वर्षाको सम्भावना

  Sampatti News Online

August 19, 2022

काठमाडौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छन् । प्रदेश १ र मधेश बाहेक प्रदेशमा आइतबारसम्म नै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छन् । यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छन् ।
भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा धेरै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:August 19, 2022