नेता गिरीको निधनमा लहान नगरपालिकाद्वारा शोक बिदा

  Sampatti News Online

August 21, 2022

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएका छन् । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताउनुभयो ।

लहान–१० निवासी गिरीकोे उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उहाँको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति:August 21, 2022