दुई देशका लागि नियुक्त भएका राजदूतहरूले शपथ लिए

  Sampatti News Online

August 21, 2022

काठमाडौँ । विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले आज (आइतबार) शपथ लिएका छन् ।

ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।
शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति:August 21, 2022