दुई सचिबले पत्र बुझे सामान्यमा पोख्रेल पर्यटनमा अधिकारी

  Sampatti News Online

August 21, 2022

काठमाडौँ । नेपाल सरकारका दुई सचिवले सरुवाको पत्र धेरै पछि मात्रै बुझेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका अर्जुन पोखरेलले सामान्यका लागि पत्र बुझेका हुन् ।
करिब दुई साता अघिको निर्णय भनिए पनि दुवै सचिवले सरुवा भएको पत्र भने भाद्र ५ गते मात्रै बुझेका छन् । अधिकारीको यसअघि नै पर्यटन मन्त्रालयमा सरुवा हुने भनिएपनि मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले छोड्न नमानेकोले ढिलाइ भईरहेको थियो ।

एस मेन स्वभावका कारण सहजै काम गराउन सकिने भएपछि सचिव अधिकारीलाई रोक्न मन्त्री श्रेष्ठले अन्तिम अवस्थासम्म पनि निकै प्रयास गरेका थिए।अधिकारी तनावग्रस्त अबस्थामा पुगेकाले कसैको फोन समेत उठाउन सकेका थिएनन अब पर्यटनमा के गर्छ्न त्यो भने हेर्न बाकि छ।

पछिल्लो समय अधिकारीले थप बस्न देखाएको अनिच्छा र ठुलै शक्ति सङ्घर्ष पछि उनी सामान्य जालोबाट फुत्किन सफल भए भने सामान्यका लागि पनि निकै सचिवहरूको प्रयासपछि ‘शक्तिकेन्द्रको मिलान’ले गर्दा टुङ्गो लाग्न उति नै समय लागेको थियो ।

साउन १९ गते मात्रै पर्यटन र अर्थ खाली राखेर सरकारले आधा दर्जन जति सचिवको सरुवा मिलाएको थियो । सम्बन्धित समाचार सचिव सरुवा टुङ्गियो ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली एक साता दिन पछि अर्थात् साउन २६ गते राजश्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिव र राजश्वमा रामेश्वर दंगाललाई सरुवा गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार अर्थ सचिवमा कृष्णहरि पुष्कर, राजस्वमा दंगालले कार्यभार समालिसक्नु भएको छ।

त्यसको ठिक ११ दिनपछि सोही दिनकै निर्णयमा दुई सचिवको सरुवा मिलान गरिएको छ ।

पछिल्लो समय कर्मचारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया क्षमता भन्दा शक्तिकेन्द्रको ‘रोजाई’ र मन्त्रीहरूको मोलमोलाइमा हुन थालेको आरोप लागेको छ । जसले स्थायी सरकारसमेत भनिने निजामती सन्यन्त्र बिस्तारै अस्तित्व र पहिचान जोगाउनै मुस्किलले कोमामा पुगेको छ ।पहिलापहिला हुने सचिबको क्रेज हिजोआज बिभागको महानिर्देशक भन्दा कमजोर बन्न पुगेको छ।

प्रकाशित मिति:August 21, 2022