नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा

  Sampatti News Online

August 22, 2022

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ ।

आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
सचिवमा बढुवा भएका दवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवका रुपमा खटाउने निर्णय भएको छ । आजको बैठकले केही कार्यविधि समेत पास गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा दुवाडी, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

पहिलो नम्बरमा सिफारिस भएका दुवाडी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्याल अनिवार्य अवकाशमा गएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त रहेको थियो ।

प्रकाशित मिति:August 22, 2022